धान उत्पादन बढ्ने भएपछि बर्दियाका किसान खुसी

कार्तिक १९, २०८१ |कमल पन्थी
धान उत्पादन बढ्ने भएपछि बर्दियाका किसान खुसी

बर्दिया । यस वर्ष भएको पर्याप्त वर्षाले धान उत्पादन बढ्ने भएपछि बर्दियाका किसानले राहत महसुस गरेका छन् । विगतमा किसानले अति वर्षा, बाढी र खडेरीको सास्ती भोग्दै आएकामा यस वर्ष मौसम अनुकूल हुँदा उत्पादन ७ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । 

अहिले धान भित्र्याउने चटारोमा रहेका किसान यसपछि गहुँ र तोरी छर्ने तयारीमा छन् । बर्दियाको गुलरिया नगरपालिकाका किसान तिहारसँगै धान भित्राउने चटारोमा पनि छन् । 

तिहारपछि गहुँ र तोरी छर्ने उनीहरुको तयारी छ । धानका लागि पर्याप्त वर्षा र उन्नत जातको बीउले यस वर्ष उब्जनी राम्रो हुँदा किसानहरु खुसी छन् ।

बर्दियामा ५० हजार १ सय हेक्टरमा धान खेती हुने गर्छ । गत वर्ष बर्दियामा धानको उत्पादन २ लाख २५ हजार ४ सय ५० मेट्रिक टन थियो । यस वर्ष अनुकूल मौसमले धानको उत्पादन ५ देखि ७ प्रतिशत बढ्ने अनुमान छ ।

आकासे पानीको भरमा रहेका किसानलाई राहत दिन भेरी-बबई डाइभर्सन चााडोभन्दा सम्पन्न गर्न जरुरी छ । सिँचाइ सुविधा पर्याप्त भए यहाँ धानको उत्पादन अझै बढ्ने किसानहरुको भनाइ छ । 


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement