रौतहटको बाबा बैजुनाथ सुगर मिलले सुरु गर्‍यो उखु क्रसिङ

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रौतहटको बाबा बैजुनाथ सुगर मिलले सुरु गर्‍यो उखु क्रसिङ

रौतहट । रौतहटको कटहरिया नगरपालिका- ९ डुमरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रीजले उखु क्रसिङ सुरु गरेको छ ।

गत वर्षको क्रसिङ सिजन पूरा गरेर बन्द भएको उद्योग यस वर्ष सोमबारदेखि सञ्चालनका आएको हो । यो चिनी मिलमा २ हजार ५ सय उखु किसान आबद्ध छन् । मिलले यस सिजनमा २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । जिल्लाको अर्को श्रीराम सुगर मिल्स २०७६ सालमा बन्दै भएसँगै उखु खेती गर्ने किसान घट्दै गएका छन् ।

अघिल्लो सिजनमा साढे १२ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको मिलका सञ्चालक बैजु बाबराले जानकारी दिए । मिल सञ्चालन गर्नु अघि डोगालाई पूजा गर्ने चलन रहेकाले सोही अनुरूप मिल्सका प्रबन्ध निर्देशक अभय प्रकाश जैसवालले डोगा पूजा गरेका थिए ।

२०७१ सालमा स्थापित बाबा बैजुनाथ सुगर एन्ड केमिलल्स मिल्स २०७५ सालमा सञ्चालनमा आएको थियो । जिल्लामा रहेका श्री राम सुगर मिल्स घाटामा गएको कारण देखाउँदै २०७६ सालमा बन्द भएपछि उखु उत्पादनमा कमी आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement