खोटाङको दिक्तेलस्थित सपिङ कम्प्लेक्स विवादमा

आश्विन ७, २०७९
खोटाङको दिक्तेलस्थित सपिङ कम्प्लेक्स विवादमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क बनाएको खुलेको छ । बाल संगठनको केन्द्रीय कार्यालयले जग्गा आफ्नो भएको दाबी गरेपछि विवाद चुलिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासागको साझेदारीमा ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयााको लागतमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क निर्माण गरिएको हो ।

बाल संगठनले आफ्नो नाममा रहेको १ रोपनी ७ आना ३ पैसा २ दाम जग्गामा नगरपालिकाले अनुमति नलिइ व्यवसायिक भवन बनाएर भाडामा लगाएको भन्दै जग्गा फिर्ताको माग गरेको छ । नापी कार्यालयले पनि उक्त जग्गा बाल मन्दिरकै नाममा देखिएको छ ।

यसअघि वाल मन्दिरमा प्राथमिक विद्यालय सञ्चालन हुादै आएको थियो । विद्यार्थी संख्या घटेपछि विद्यालयलाई सरस्वती माविमा गाभिएको थियो । अहिले अर्काको जग्गामा संरचना बनाएपछि स्थानीय तहको अहिलेको नेतृत्वलाई समस्या भएको छ ।

सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । सार्वजनिक सम्पतिको संरक्षण र सदुपयोग गर्ने जिम्मा स्थानीय सरकारकै भए पनि छानविन नगरी अरुको जग्गामा संचरना तयार गरिादा अहिले नगरलाई निल्नु न ओकल्नु भएको छ ।