सम्पदा क्षेत्रकोजमिन अतिक्रमणमा तीनै तहका सरकारको मिलेमतो

पुस २०, २०७८
सम्पदा क्षेत्रकोजमिन अतिक्रमणमा तीनै तहका सरकारको मिलेमतो

पाँच सय बर्ष पुरानो इतिहास बोकेको महोत्तरीको मटिहानी मठको जग्गा अतिक्रमणको क्रम रोकिएको छैन । एतिहासिक सम्पदाको संरक्षणको जिम्मेबारी बोकेका तीनै तहका सरकार मठको जग्गामा विभिन्न संरचना बनाउन र अतिक्रमण गर्न सक्रिय छन् ।

महोत्तरी जिल्लाको मटिहानीमा रहेका लक्ष्मीनारायण मठको नाममा संघिय राजधानी काठमाडौं लगायत देशको विभिन्न जिल्लामा १३ सय विघा भन्दा बढि जग्गा रहेपनि ६ सय बिघा भन्दा बढि अतिक्रमण भएको छ । अतिक्रमित जग्गा खाली गराउन संघ र स्थानिय सरकारले चासो दिएका छैनन् ।

बाँकी रहेका मठका जग्गामा पनि विभिन्न संरचनाहरु बनाउन लागिएको छ । मिथिला परिक्रमा स्थलको ३ बिश्राम स्थलमा पर्यटन बिभागले १ करोड २९ लाख भन्दा बढिको लगानीमा शौचालय, गोलघर लगायतका संरचणा निर्माण गर्न लागेको हो । ऐतिहासिक तथा पुरातात्विक महत्वका यस मठको गरिमाको कुनै ख्यालै नगरी मुख्यद्वारमै निर्माण गर्न थालिएको सार्बजनीक शौचालयका लागि मान महन्त जगरनाथ दाश र मठिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले पनि लिखित सहमति दिएका छन् ।

यति मात्र होईन एतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने जिम्मेबारी बोकेका स्थानिय सरकार नै मठको जग्गा अतिक्रमण गरेका छन् । सात करोड भन्दा बढिको लगानीमा मटिहानी नगरपालिकाले खेल मैदान, वडा कार्यालय स्वास्थ्य संस्था, सार्वजनीक शौचालय, लगायत भौतिक संरचणा निर्माण गरेका छन् । तर, नगरपालिकाले यसको संरक्षक गुठी संस्थानसंग अनुमति लिएको छैन । मठमन्दिर लगायत सार्बजनीक जग्गाको अतिक्रमण बढदै गएपनि प्रदेश सरकारले यसको प्रष्ट कानुन वनाउन सकेको छैन ।

रामानन्दीय बैष्णब सम्प्रदायको सबभन्दा अग्रणी संस्था मटिहानी मिथिला परिक्रमा पदयात्राको तेस्रो रात्रि बिश्राम स्थल पनि हो । तेत्रायुगमा दशरथ पुत्रराम र जनक नन्दनी जानकी बिचभएको विवाहमा यहीको माटोबाट बिवाह वेदी बनाइएको जनबिश्वास छ ।

 


Enter Kantipur TV HD
Advertisement