तस्करीमा प्रहरीकै मिलेमतोको आशंका

आश्विन ७, २०७९

दशैं तिहारजस्ता चाडबाडमा  खुला सिमावर्ती क्षेत्रबाट संगठित तस्करी हुदै आएको पाइएपछि  गृह प्रशासनका अधिकारीले सिमा नाका  खटाइएका  नेपाल प्रहरी र शासस्त्र प्रहरी बलका अधिकृतको माथि निगरानी राख्न  थालेका हुन ।   सिमा क्षेत्रमा  खटिएका सुरक्षाकर्मी मध्ये कस्ले कस्तो काम गर्दै आएको त्यसको  गोप्य सुचना संकलन गर्न उनीहरु भित्रबाटै एक अर्का माथि निगरानी राख्न  निर्देशन दिएका छन्  ।

नेपालगन्जदेखि सिमा नाकासम्म ४ स्थानमा  नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ छन । सुरक्षाकर्मी बाहेक  नेपालगन्ज भन्सार कार्यालयको  पनि निगरानी हुने गर्छ  । तर  पनि तस्करी नियन्त्रण  हुन सकेको छैन । नाकामा खटिएका सुरक्षाकर्मी बीचको मिलेमतोमा  अबैध धन्दा हुन थालेका सूचनाका आधारमा  गृह प्रशासनले  सुरक्षाकर्मी भित्रै सुराकी राखेर सूचना लिने प्रयास थालेको हो ।

सुरक्षाकर्मी भित्रको सूचना लिन अपनाएको रणनीति कति सफल हुने हो त्यो भने हेर्न बााकी नै छ  तर भन्सार कार्मचारीको मिलेमतोमा हुने राजश्व चुहावाट रोक्न तिर पनि  प्रहरी प्रशासनले सशक्त  प्रयास गर्न आवश्यक छ ।