स्याउ उत्पादनमा रुकुम पूर्वका किसानको रुची

श्रावण २१, २०७९

नेपालमा बर्सेनी ठूलो मात्रामा स्याउ आयात हुने गरेको छ । स्वदेशमै उत्पादनको पर्याप्त सम्भावना रहे पनि बजारसम्म पुर्‍याउन सहज नहुादा किसानले उत्पादन बढाउन सकेका छैनन् । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा स्याउ उत्पादनको प्रचुर सम्भावना भए पनि आवश्यक प्राविधिक ज्ञान, सिप र उपकरण अभावमा किसानले उत्पादन बढाउन नसकेका हुन् ।

हिमाली तथा उच्च पहाडी भूगोल रहेको रुकुम पूर्वका तीन वटै स्थानीय तहमा व्यवसायिक रुपमा स्याउ उत्पादनको राम्रो सम्भावना छ । करिव १५ सय मिटरदेखि  ३ हजार मिटर उचाईसम्म खेती गर्न सकिने स्याउ सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउापालिकाका विभिन्न स्थानका किसानले अहिले पनि थोरै मात्रामा लगाइरहेका छन् । तर, किसानलाई स्याउ खेतीसम्बन्धी प्राविधिक सहयोग तथा ज्ञान र सिपको अभाव छ ।

विभिन्न प्रजातीका स्याउ उत्पादन हुने रुकुम पूर्वमा प्रायः किसानले परम्परागत तरिकाले नै खेती गर्दै आएका छन् । सरकारले स्याउ उत्पादन बढाउन केही प्रयास गरे पनि किसानले लाभ लिन सकेका छैनन् । कृषि तथा पशुपन्छी विकास कार्यालयले लागू गरेको स्याउ ब्लग विकास कार्यक्रम तथा स्याउ खेती पकेट क्षेत्र विस्तार कार्यक्रम सबै किसानसम्म पुगेको छैन । स्थानीय सरकारले भने उत्पादन बढाउादै बजारीकरण गर्ने पहल भइरहेका बताएका छन् ।

रुकुम पूर्वमै स्याउ उत्पादन हुने गरे पनि स्थानीय बजारमा भने आयातित स्याउ बिक्री हुने गरेको छ । स्थानीय उत्पादन बढाएर वाहृय आयात निरुत्साहित गर्दै व्यवस्थित बजारीकरण गर्न जरुरी छ ।