रामायण सर्किट रेल पहिलो पटक जनकपुरमा

असार १०, २०७९
रामायण सर्किट रेल पहिलो पटक जनकपुरमा

नेपाल, भारत र श्रीलंकालाई आधार बनाएर निर्माण गरिएको रामायण सर्किटमा सञ्चालन भएको भारतीय रेल जनकपुरधाम आइपुगेको छ । तेत्रायुगमा रामायणकालीन स्थलको पूजा-दर्शन र अवलोकन गर्ने उद्देश्यले सुरु भएको रेललाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भव्य स्वागत गरियो ।

भारत नयाँदिल्लीको सफदरगन्ज रेल्वे स्टेसनबाट ५ सय भन्दा बढी तीर्थ यात्रु बोकेर छुटेको 'भारत गौरव पर्यटक रेल' बिहीबार जनकपुरधाम आएको हो । भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले मंगलबार सााझ संयुक्तरुपमा हरियो झण्डा देखाई रेल सेवाको उद्घाटन गरेका थिए । यो रेल सेवा अबधको राजधानी अयोध्या, नन्दीग्राम हुादै जनकपुरधाम आइपुगेको हो । १४ वटा बोगी सहित प्राचिन मिथिलाको राजधानीआएका धार्मिक पर्यटकलाई मुख्यमन्त्री लालबाबु राउत लगायतका विशिष्ट व्यक्तिले स्वागत गरे ।

भारतबाट गएका तीर्थयात्रीलाई जानकी मन्दिर, धनुषाधाम लगायतका मठमन्दिरका साथै दैनिक आयोजन हाुदै आएको गंगाआरतीमा सहभागी गराउने कार्यक्रम छ । जनकपुरधामबाट रामायण सर्किटमा सञ्चालन हुने यो रेल सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी नासिक, हम्पी, रामेश्वरम र भऽाचलम जस्ता प्रख्यात धार्मिक स्थलको यात्रा गरि पुनः दिल्ली र्फकने छ ।

अन्तर्राष्ट्रिय सीमापार गरी समग्र रुपमा पर्यटनको प्रवर्द्धन गर्ने यो पहिलो भारतीय रेल सेवा हो । रेलको प्रत्येक बोगीमा भारतीय लोककला, संस्कृति, परम्परा, सम्पदा झल्काउने तस्बिर राखिएको छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ पुत्र राम र मिथिलाका राजा जनक पुत्री जानकी साग जोडिएका धार्मिक स्थलको पूजा दर्शन र भ्रमणका लागि प्रति यात्रु करिब १ लाख रुपैयाा भाडा लिइएको छ । ८ हजार किलोमिटरको लामो यात्राका लागि १८ दिनको समय निर्धारण गरिएको छ भने यात्रुको खाना, बस्ने लगायतका व्यवस्था गरिएको छ ।