Kantipur Samachar | कान्तिपुर समाचार, ३१ बैशाख २०७९

जेष्ठ १, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ३१ बैशाख २०७९

आजको मुख्य समाचार 

* स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी / एमाले ६, कांग्रेस तीन, एकीकृत समाजवादी दुई र माओवादी केन्द्र एक पालिकामा विजयी / कांग्रेसको अग्रतालाई पछ्याउँदै एमाले ।  

* बागी र स्वतन्त्र उम्मेदवारले पाएको प्रारम्भिक मत परिणामले धेरैको ध्यानाकर्षण  / काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन र धनगढीमा हमालको अग्रता / चितवनमा रेणु दाहाल र विजय सुवेदी हाराहारीमा  ।  

* मत गणनामा अस्वाभाविक ढिलाइ / उम्मेदवारका प्रतिनिधिलाई चित्त बुझाउनै सकस / पाँच दिनभित्र सबै मत गनिसक्न आयोगलाई चुनौती ।  

* द्रुत गतिमा फैलिएको कोरोना संक्रमणले देशमा ठूलो प्रकोप निम्त्याएको उत्तर कोरियाली शासक किम जोङ-उनको भनाइ / नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गर्न आह्वान ।

* युगान्डा विरुद्धको महिला टी-ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा / अनुभवि खेलाडी करुणा टिममा परिनन् / पहिलो खेल पर्सि ।