महानगर महाबहस : के-केमा अलमलियो बुटवल उपमहानगर ?

पुस १८, २०८१ |विजय पौडेल
महानगर महाबहस : के-केमा अलमलियो बुटवल उपमहानगर ?

बुटवल । बुटवल उपमहानगरपालिकाका उद्यमी व्यवसायीले स्थानीय सरकारले उद्यमशीलताको कुरा गरे पनि यसको नीतिगत र व्यावहारिक अभ्यासमा चुकेको प्रतिक्रिया दिएका छन् । कान्तिपुर टेलिभिजनको महानगर महाबहस कार्यक्रममा सहभागीहरुले उत्पादित वस्तुको बजार र व्यवस्थापनमा उपमहानगरले काम गर्न नसकेको गुनासो पोखे । 

उपमहानगर प्रमुखले भने तीनै तहको समन्वयले मात्र नीतिगत व्यवस्थालाई संस्थागत गर्न सकिने धारणा राख्दै स्थानीय सरोकारवालाहरुसँग पनि सहकार्यको अपेक्षा राख्नुभएको छ ।

उद्यमी तथा किसानहरुले बुटवल उपमहानगरले उद्यमशीलता विकासको नीति लिए पनि यसको नीतिगत व्यवस्थामा ध्यान पुग्न नसकेको गुनासो गरेका छन् । स्थानीय तहले बजारको सुनिश्चितता गर्न सक्नुपर्नेमा उनीहरुको जोड छ ।

छाडा चौपायाको समस्या समाधान गर्न समेत उपमहानगरपालिका असमर्थ भएको भन्दै स्थानीयले यसले पालिकाको सौन्दर्यकरणमा बाधा पुगेको गुनासो गरे । छाडा चौपायाका कारण बुटवलको व्यवस्थापनसमेत जटिल बनेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा उठेका विषयमा जवाफ दिनुहुँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संघ र प्रदेशसागको समन्वय अभावले पनि अपेक्षित काम हुन नसकेको बताउनुभयो । उहाँले उद्यमी व्यवसायीहरुबाट समेत सकारात्मक सहयोग नभएको भन्दै गुनासो पोख्नुभयो ।

स्थानीय तहका समस्या र यहाँ उठेका विषयलाई सम्बोधन गर्न उपमहानगरपालिका सक्रिय भएको तर नीतिगत अल्झनमा प्रदेश र संघ सरकारले चासो नदेखाउँदा समस्या समाधान गर्न नसकेको उहाँको भनाइ छ । 

महानगर महाबहसको पूरा कार्यक्रम भिडियोमा हेर्नुहोस् :

हेर्नुहोस् वीरगंज उपमहानगरको 'महानगर महाबहस'

हेर्नुहोस् जनकपुरधाम उपमहानगरको 'महानगर महाबहस'

हेर्नुहोस् विराटनगर महानगरको 'महानगर महाबहस'

हेर्नुहोस् पोखरा महानगरको 'महानगर महाबहस'


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।


Enter Kantipur TV HD
Advertisement