[फायरसाइड] पोखरा र भैरहवा विमानस्थल चलाउन मन्त्रीको कार्ययोजना के ?

कार्तिक २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
[फायरसाइड] पोखरा र भैरहवा विमानस्थल चलाउन मन्त्रीको कार्ययोजना के ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माण हुँदै गर्दा यसको सञ्चालनको योजना नै नबनाइएको बताउनुभएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निकै प्रयासपछि केही अन्तर्राष्ट्रिय उडान सुरु भए पनि पोखरामा सकारात्मक संकेत प्राप्त नभएको सन्दर्भमा विमानस्थल सञ्चालन गर्नका लागि योजना बनाइरहेको मन्त्री पाण्डेको भनाइ छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै मन्त्री पाण्डेले भैरहवामा विस्तारै उडान थपिँदै जाने र पोखरामा पनि उडान चाँडै सुरु हुने आशा व्यक्त गर्नुभयो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि वायु सेवा सञ्चालकहरूले हवाई भाडा बढाएकोबारेमा मन्त्रालयले अनुगमन गरिरहेको मन्त्री पाण्डेले बताउनुभयो । गुनासो र उजुरी आए कारबाहीका लागि आफू तयार रहेको उहाँको भनाइ थियो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आफूले हटाउन नखोजेको तर प्राधिकरण तथा वायु सेवा निगम नेतृत्वको कामबाट आफू सन्तुष्ट नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा बदल्ने प्रस्तावको तयारी भइरहेको सन्दर्भमा पनि कार्यक्रममा पाण्डेलाई सोधिएको छ ।

हेर्नुहोस् कार्यक्रम फायरसाइडको पूरा भाग विस्तृतमा :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement