अर्थतन्त्रमा देखिएका समस्या अहिलेको सरकारले समाधान गर्छ : सञ्चारमन्त्री

श्रावण १, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्थतन्त्रमा देखिएका समस्या अहिलेको सरकारले समाधान गर्छ : सञ्चारमन्त्री

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले छिमेकी देशलगायत विश्व मञ्चमा विश्वसनीय शक्तिका रुपमा स्थापित हुन र कूटनीतिक रुपमा समस्याको सम्बोधन गर्न बलियो सरकार आवश्यक पर्ने भएकाले अहिलेको गठबन्धन बनाएको दाबी गर्नुभएको छ ।

कान्तिपुर समाचारसँग कुरा गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्यासमेत अहिलेको गठबन्धन सरकारले समाधान गर्ने बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले पालिकाको संख्या, प्रदेशको संरचना र निर्वाचन प्रणालीमा प्रश्न उठेको भन्दै लोकतन्त्रलाई थप सुदृढ बनाउने गरी संविधानमा आवश्यक संशोधन गर्न छलफल गरिने बताउनुभयो ।

उहाँले सन् २०३० को दिगो विकास लक्ष्य हासिल गर्न पनि सरकार बन्ने र भत्कने दुश्चक्र समाप्त हुनुपर्ने र सोही कुरालाई व्यवस्थापन गर्न संविधान संशोधनको एजेन्डा अगाडि आएको तर्क गर्नुभएको छ ।

हेर्नुहोस् सरकारका प्रवक्ता गुरुङसँग कान्तिपुर टेलिभिजनले गरेको भिडियो कुराकानी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.