सत्ता समीकरण, विश्वासको मत र संविधान संशोधनको मुद्दा [संविधानविद् भीमार्जुन आचार्यसँगको बहस]

असार २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सत्ता समीकरण, विश्वासको मत र संविधान संशोधनको मुद्दा [संविधानविद् भीमार्जुन आचार्यसँगको बहस]

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको धारा १०० अनुसार विश्वासको मत लिन लाग्नुभएकाले यो सरकारको निरन्तरताकै लागि भएको बताउनुभएको छ ।

कान्तिपुर टेलिभिजनको विशेष कार्यक्रम संवैधानिक प्रश्नमा कुरा गर्दै संविधानविद् आचार्यले धारा ७६ को उपधारा ४ अनुसारको विश्वासको मत नयाँ सरकारले लिने तर धारा १०० को उपधारा २ अनुसारको विश्वासको मत लिँदा सरकारको निरन्तरताको लागि हुने दाबी गर्नुभएको हो ।

उहाँले अबको नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ वा ३ जुनसुकै आधारमा पनि गठन हुनसक्ने बताउनुभयो । संविधानविद् आचार्यले दुई दलबीचको गठबन्धन धेरै अगाडि जान भने अप्ठ्यारो रहेको बताउनुभयो ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.