सरोकारमा खुलामञ्च : खुला कि खेलमैदान ?

माघ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
सरोकारमा खुलामञ्च : खुला कि खेलमैदान ?

केही दिनअघिसम्म महानगरले खुलामञ्चलाई थुनेर राखेको थियो । अहिले खुलामञ्चमा डोजर चलेको छ ।

अब यो मैदानमा कृत्रिम दुबोको कार्पेटसहित दुईवटा फुटबल मैदान र पार्क बन्नेछन् । यहाँ स्थानीय तीनवटा फुटबल क्लबले प्रशिक्षण चलाउनेछन् । खुलामञ्चमा भूमिगत पार्किङको योजना जुनसुकै बेला सुरु हुन सक्नेछ । तर, सार्वजनिक सूचना र सुनुवाइसमेत नगरी काठमाडौं महानगरले खेल मैदान बनाउन थालेपछि समर्थन र विरोधमा समाज बाँडिएको छ ।

खुलामञ्चलाई खेल मैदान बनाउने कदमको बाबुराम भट्टराई, रवि लामिछानेलगायत नेताहरुले विरोध गरेका छन् । बाबुरामले ट्विट गर्दै भने भनेका छन्- पञ्चायतकालदेखि, लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल, खुलामञ्चललाई खुलै रहन देऊ ।

काठमाडौं महानगरले कतै खुलामञ्चलाई पनि लैनचौरकै अवस्थामा पुर्याउन खोजेको त होइन ? किनकि यो लैनचौर अब नाम मात्रको लैनचौर छ । यो व्यावसायिक फुटसल पार्कमा परिणत भइसकेको छ । यहाँ बिहान सबेरैदेखि बेलुकीसम्मै फुटसल चलिरहेको हुन्छ ।

देशका हरेकजसो ठूला परिवर्तनको साक्षीका रूपमा खुलामञ्च रहँदै आएको छ । तर, पछिल्लो आठ वर्षयता खुलामञ्चलाई महानगरले बन्धक बनाएको छ । प्रस्तुत छ आजको सरोकारमा खुलामञ्च खुला कि खेलमैदान ?

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.