
काठमाडौं । अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तिमा १४ जनाको हत्या गरेका छन् ।
उत्तर–पश्चिम नर्थ किभु प्रान्तको सात किलोमिटरको क्षेत्रमा विद्रोहीले हमला गरेको हो । राति ८ बजेदेखि १० बजेसम्म भएको गोलीबारीमा १३ घरसमेत जलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय बासिन्दाहरूले यस आक्रमणलाई पुष्टि गरेका छन् । दुई सैनिकको पनि मृत्यु भएको जनाइएको छ ।
यो समूह सुरुमा युगान्डाका पूर्व बिद्रोहीहरूले गठन गरे पनि १९९० को दशकदेखि उत्तरपूर्वी कङ्गोमा सक्रिय छन् । यो समूहले हजारौँ सर्वसाधारणको हत्या गरिसकेको छ । सन् २०२१ देखि युगान्डा र कङ्गोका सेनाले संयुक्त कारबाही गर्दै आए पनि हिंसा रोक्न सफल भएका छैनन् ।