बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

पुस १५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि बिरामी रहेकी जियाको मंगलबार बिहान उपचारका क्रममा निधन भएको हो । खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखासम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका छन् । खालिदा जिया बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष पनि हुनुहुन्थ्यो ।

सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री हुनुभएकी जिया पूर्वराष्ट्रपति जिया-उर-रहमानकी पत्नी हुन् । उहाँ बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री समेत हुनुहुन्छ ।