काठमाडौं । चीनकाे चियुवानमा संस्कृति तथा कला सप्ताह र चीनको बाँदर पर्वतमा बाँदर राजा प्रतियोगिता उद्घाटन भएको छ ।
कार्यक्रम ली स्याओलिङथोङ कार्यशाला र चियुवान सांस्कृतिक पर्यटन लगानी समूहले संयुक्त रूपमा आयोजना गरेका हुन् । यस महोत्सवले चिनियाँ उत्कृष्ट परम्परागत संस्कृतिको उत्खनन गर्ने, चियुवानको सांस्कृतिक-पर्यटन ब्रान्ड उन्नति गर्ने, र हनान घुम, चीन बुझँ अभियानलाई नयाँ ऊर्जा दिने उद्देश्य राखेको छ ।
कार्यक्रममा बाँदर नाच, युद्धकला र नृत्यका मनमोहक प्रस्तुतिहरू देखाइएका थिए । करिब तीन सय जना देशभरका सुन्दर बाँदर राजा प्रतिस्पर्धीहरूको सामूहिक उपस्थिति दर्शकका लागि मुख्य आकर्षण रह्यो ।
त्यस अवसरमा प्रसिद्ध कलाकार र चीन-नेपाल सांस्कृतिक दूत लियू स्याओलिङयोङ पनि उपस्थित थिए । उद्घाटन समारोहमा चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच विशेष भिडियो संवाद गरिएको थियो।
यी दुई स्थल भौगोलिक रूपमा हजारौं माइल टाढा भए पनि संस्कृतिमा नजिक छन् ।