काठमाडौं । रूसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा इरानको आणविक कार्यक्रमलाई लिएर इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाउने प्रस्तावको आलोचना गरेको छ ।
रूसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रूसी पक्षले बारम्बार सम्झौतामा सहभागि युरोपेली देशहरूको उत्तेजक र गैरकानुनी प्रकृतिलाई औँल्याएको जनाएको छ ।
संयुक्त बृहत् कार्य योजना भनेर चिनिने सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरू भएको सम्झौतामा अमेरिका, चीन, फ्रान्स, रूस, बेलायत र जर्मनीसमेत सहभागि भएका थिए ।
सम्झौताले इरानलाई संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धबाट राहत दिएको थियो । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८ मा वासिङ्टनले अमेरिका सम्झौताबाट फिर्ता भएको घोषणा गरेपछि इरानले पनि क्रमिक रूपमा सम्झौताअन्तर्गत गरेका प्रतिबद्धताबाट पछि हटेको थियो ।
युरोपेली दबाबपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागू गर्न मतदान गरेको थियो । रूसी मन्त्रालयले इरानी कार्यहरूको कूटनीतिसँग कुनै सम्बन्ध नभएको र प्रतिवन्धका प्रयासले इरानको आणविक कार्यक्रमलाई लिएर थप तनाव बढाउने जनाएको छ ।