काठमाडौं । प्यालेस्टिनी विद्रोही लडाकु हमासले आफ्नो नियन्त्रणमा रहेको विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’भन्दै एउटा पोस्टर सार्वजनिक गरेको छ ।
दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण खुलाइएको छैन । प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नाम राखिएको छ ।
इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको अगाडि बढिरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्बिर सार्वजनिक गरेको हो । विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छ ।
इजरायली अधिकारीहरूले करिब २० बन्धकहरू गाजामा अझै जीवित रहेको विश्वास गरेको बताएका छन्, जबकि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित हुन सक्ने बताएका छन् । र नेतन्याहूले सबै जीवित र मृत बन्धकहरूलाई फिर्ता ल्याउने र हमासलाई 'नष्ट' गर्ने बारम्बार बताउँदै आएका छन् ।
हमासले इजरायली आक्रमण र भूमिगत आक्रमण तीव्र पार्दा बन्धकहरूको जीवन जोखिममा पर्ने चेतावनी निरन्तर दिँदै आएको छ, जसमा केही इजरायली बमबाट मारिसकेका छन्। सशस्त्र प्यालेस्टिनी समूहले बन्धकहरू गाजा शहरका विभिन्न भागमा छरिएका पनि दाबी गरेको छ । इजरायलले भने यो हमासको प्रोपोगान्डा भएको र मनोवैज्ञानिक खेल खेलिरहेको जनाएको छ ।