अमेरिकाले एच-वान भिसाको आवेदन शुल्क बढाएर वार्षिक एक लाख डलर पुर्‍यायो

गोल्ड कार्ड भिसा पाउन पनि २० लाख डलरसम्म लाग्ने
आश्विन ४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाले एच-वान भिसाको आवेदन शुल्क बढाएर वार्षिक एक लाख डलर पुर्‍यायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एच-वान भिसाको आवेदन शुल्क बढाउने आदेशमा हस्ताक्षर गर्नुभएको छ । 

अब यो भिसाको शुल्क वार्षिक एक लाख अमेरिकी डलर हुने छ । यसका साथै ट्रम्पले गोल्डकार्ड भिसा प्रोग्रामको आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ । कुनै पनि व्यक्तिले गोल्ड कार्ड भिसा प्राप्त गर्नका लागि १० लाख अमेरिकी डलर र कम्पनीका लागि २० लाख डलर राखिएको छ ।

अमेरिकी एन-वान भिसाको सुरूवात सन् १९९० मा भएको थियो । उत्कृष्ट कर्मचारीहरूलाई यस्तो भिसा प्रदान गरिन्छ । यस्तो भिसा प्राप्त गर्ने अधिकारीहरूमा सबैभन्दा धेरै भारतीय हुने गरेका छन् । दोस्रोमा चिनियाँ नागरिक छन् ।

ट्रम्प प्रशासनले एच-वान भिसामा यो कदम नयाा आप्रवासन नीतिअनुसार अघि सारेको हो । गैरअमेरिकी नागरिकले अमेरिकी नागरिकको रोजगारी खोसिरहेको आरोप लगाउादै ट्रम्पले नयाँ शुल्क लागू गरेपछि एच-वान भिसामा आउनेहरूको संख्या घट्ने दाबी गर्नुभएको छ ।

आदेशमा हस्ताक्षरपछि ट्रम्पले अमेरिकी टेक कम्पनीहरू निकै खुसी हुने प्रतिक्रिया दिनुभएको छ ।