अमेरिकाको रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालय बनाइने

भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालय बनाइने

काठमाडौं । अमेरिकाको रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रुपमा परिवर्तन गरिने भएको छ ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रुपमा परिणत गर्नेसम्बन्धी कार्यकारी आदेशमा आज हस्ताक्षर गर्दै हुनुहुन्छ । यसैगरी, रक्षामन्त्री पिट हेगसेथलाई युद्धमन्त्री भनिनेछ ।

विगतमा पनि पेन्टागन युद्ध मन्त्रालयको रुपमा थियो । सन् १७८९ मा स्थापना गरिएको युद्ध मन्त्रालय सन् १९४७ सम्म अस्तित्वमा थियो । ट्रम्पले जारी गर्ने कार्यकारी आदेशले रक्षामन्त्री, पेन्टागन र कार्यरत अधिकारीलाई नयाँ नाम प्रयोग गर्ने अनुमति दिन्छ । आदेशले रक्षामन्त्री हेगसेथलाई स्थायी रुपमा नाम परिवर्तन गर्नका लागि आवश्यक कानुनी र कार्यकारी कदमहरु सिफारिस गर्न निर्देशन दिएको छ । तर, संसदीय स्वीकृतिविना औपचारिक रुपमा नाम परिवर्तन गर्न सकिने व्यवस्था भने छैन । ह्वाइट हाउसले स्थायी रुपमा नाम परिवर्तनका लागि कति लागत लाग्छ भन्नेकुरा भने खुलाएको छैन । तर, उक्त कार्यका लागि अर्बौं डलर लाग्ने अनुमान गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.