फिफा विश्वकप छनोट : बुल्गेरियामाथि स्पेनको तीन-शून्य गोलको सहज जीत

भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
फिफा विश्वकप छनोट : बुल्गेरियामाथि स्पेनको तीन-शून्य गोलको सहज जीत

काठमाडौं । विश्वकप छनोटको अर्को खेलमा स्पेनले बुल्गेरियामाथि तीन-शून्य गोलको सहज जीत हात पारेको छ ।

गएराति भएको खेलमा भ्रमणकारी टिम स्पेनले सुरुवाती पाँच मिनेटमा नै अग्रता लिएको थियो । मिकेल ओयासाबलले , लमिन यामल, पेड्री हुदै मार्टिन जुबीमेन्डीबाट आएको बललाई गोलमा परिणत गरेका हुन् । उनको पछिल्लो छैटौं अन्तर्राष्ट्रिय खेलमा यो पाँचौ गोल हो । ३० औं मिनेटमा मार्क कुकुरेयाले अग्रता दोब्बर बनाए । कुकुरेयाले स्पेनका लागि पहिलो पटक गोल गरेका हुन् । ३८ औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि स्पेन, बुल्गेरिय विरुद्ध पहिलो हाफमा नै तीन-शून्यले अघि रहेको थियो । पुरै खेल अवधिभर दबाब बनाएको स्पेनसँग ब्रेकपछि पनि बुल्गेयिाले पुनरागमन गर्न सकेन । स्पेनले भने थप गोलको अवसर गुमाएको थियो । समूह-इ मा रहेको स्पेनको तीन अंक भएको छ । 

यसै समूहमा रहेको टर्कियले जर्जियालाई तीन-दुइ गोलले पराजित गरेको छ । समूह जीमा रहेका नेदरल्यान्डस र पोल्यान्डले भने एक-एक गोलको बराबरी खेलेका छन् । घरेलु टिम नेदरल्यान्ड्सले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । २८ औं मिनेटमा डेन्जल डम्फ्रिजले डच टिमका लागि गोल गरेका थिए । रोवर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्डका लागि बराबरी गोल भने डिफेन्डरले फर्काए । ८० औं मिनेटमा माटी क्यासले गोल गरेपछि पोल्यान्ड हारबाट जोगिएको हो । गत मार्च यता लेवान्डोस्कीको यो पहिलो अन्तराष्ट्रिय खेल हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.