मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस मनाइयो

भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस मनाइयो

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शुक्रवार काठमाडौंका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको र्‍यालीसहित यो दिवस मनाइएको हो । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदैछ । मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ । र्‍यालीका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्नुहुँदै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताउनु भयो ।

र्‍यालीमा सहभागीहरुले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानूनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.