पश्चिमी सुडानको मार्रा पहाडी क्षेत्रमा पहिरो जाँदा एक हजारको मृत्यु

पूरै गाउँ पहिरोले बगाउँदा एक जना मात्र बाँच्न सफल
भाद्र १७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पश्चिमी सुडानको मार्रा पहाडी क्षेत्रमा पहिरो जाँदा एक हजारको मृत्यु

काठमाडौं । पश्चिमी सुडानको मार्रा पहाडी क्षेत्रमा पहिरो जाँएक हजार मानिसको मृत्यु भएको छ।

सुडान लिबरेशन आर्मीले उक्त स्थानमा भारी वर्षापछि गत अगष्ट ३१ का दिन पहिरो जाँदा ठूलो क्षति भएको जनाएको हो । पहिरोले गाउँ पूरै बगाएको छ भने १ जनामात्र बाँचेका छन् ।

डार्फर क्षेत्रमा नियन्त्रण कायम गर्दै आएको सुडान लिबरेशन आर्मीले उद्दार तथा आवश्यक सहयोगका लागि राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

उत्तरी डार्फर क्षेत्रमा सुडानी सेना र अर्धसैन्य बल र्यापिड सपोर्ट फोर्सबीचको युद्धका कारण विस्थापित मानिसहरू मार्रा पहाडी क्षेत्रमा बसोबास गर्दै आएका थिए । २ वर्षदेखिको गृहयुद्धका कारण उक्त क्षेत्रमा लाखौं मानिस भोकमरीबाट पीडित छन् ।