भारतको उत्तराखण्डस्थित हर्षिलमा भीषण बाढी: ५० भन्दा बढी बेपत्ता, ४ जनाको मृत्यु

श्रावण २०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतको उत्तराखण्डस्थित हर्षिलमा भीषण बाढी: ५० भन्दा बढी बेपत्ता, ४ जनाको मृत्यु

काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीको हर्षिल क्षेत्रमा अचानक ठुलो बाढी आउँदा नदी किनारको बस्तीमा ठुलो क्षति भएको छ ।

बाढीले ५० जना भन्दा बढी मानिसहरू बेपत्ता भएको र कम्तिमा ४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन । समाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदिमा अचानक ठुलो बाढी आएको देखिएको छ । जसले नदीको एक किनारमा रहेका घर र पसलहरु बगाएको देखिन्छ ।

दिउँसो करिब साढे १ बजे आएको बाढीको थप क्षतिको विवरण भने आउन बाँकी छ । भारतीय सञ्चार माध्यमहरूले अहिले भारतीय सेनाका १ सय ५० भन्दा बढी जवान र अरू सुरक्षाकर्मी उद्धारमा खटिएको उल्लेख गरेका छन ।

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ । बाढी आएर क्षति भएको क्षेत्र भारतको हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली भन्ने ठाँउ हो ।

सुरक्षाकर्मीहरूले केहिको जिवितै उद्धार गर्न सफल भएको जनाएका छन । घटना भएको क्षतिको विवरण संकलन र उद्दार कार्य भइरहेको भारतीय अधिकारीहरुले उल्लेख गरेका छन ।