काठमाडौं । इजरायलले गाजाका केही क्षेत्रमा 'सैनिक गतिविधिमा अस्थायी विराम' घोषणा गरेको छ, जसपश्चात मानवीय सहायता सामग्री हवाई मार्गबाट वितरण गरेको थियो।
इजरायली रक्षा बलले संयुक्त राष्ट्रसंघीय सहायता सवारी साधनहरूका लागि 'निर्दिष्ट मानवीय मार्गहरू' स्थापना भइरहेको जनाएको छ। इजरायली पक्षले 'जानबुझी भोकमरी गराइएको' भन्ने आरोपको खण्डन गर्न यो कदम चालेको दाबी गरेको छ।
युद्ध सुर" भएयता गाजामा खाद्य संकट गहिरिँदै गएको भन्दै, पश्चिमी मुलुकहरूको अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको चेतावनी बढ्दै गएको छ। सहायता निकायहरूले गाजामा भोकमरीको स्थितिलाई "जनस्वास्थ्य संकट" को संज्ञा दिँदै इजरायली नीतिहरूको आलोचना गरेका छन्।
यसअघि, इजरायलको हवाईबाट सहायता सामग्री वितरण गर्ने योजनालाई सहायता संस्थाहरूले आलोचना गरेका थिए। उनीहरूले उक्त सहायता परिमाणमा अपुग हुने र वितरण प्रक्रिया जोखिमपूर्ण हुने चेतावनी दिएका थिए।
गाजावासीहरूले पनि यस प्रकारको वितरणप्रति चिन्ता व्यक्त गरेका छन्। हामासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयकाअनुसार, युद्ध सुरू भएयता कुपोषणका कारण कम्तीमा १२७ जनाको मृत्यु भइसकेको छ।