काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले कम्बोडिया र थाइल्यान्ड युद्धविराम गर्न सहमत भएको बताउनुभएको छ ।
कम्बोडिया र थाइल्यान्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताएको केहीबेरमै राष्ट्रपति ट्रम्पले दुबै देश विवाद रोकेर छलफलमा जुट्न तयार भएको जानकारी दिनुभएको हो ।
यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविराम प्रस्तावको स्वागत गरेको बताउनुभएको थियो । प्रधानमन्त्री हुन सेनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रूबियोसँग युद्धविरामबारे कुरा गर्ने बताउनुभएको थियो ।
कम्बोडिया र थाइल्यान्डबीच सीमा विवादका कारण तनाव बढेको थियो । यही तनावका बीच कम्बोडियाले थाइल्यान्डमाथि हवाई हमला गरेको थियो । दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।
स्थानीयले रबर र धान खेती गर्ने खेतीयोग्य जमिन र पहाडले घेरिएको जंगली र देशको ग्रामीण सीमा क्षेत्रमा युद्ध फैलनुअघि सीमानामा लामो समयदेखि विवादित प्राचीन मन्दिर स्थलमा तनाव उत्पन्न भएको थियो।
थाइल्यान्डको खाडीमा मुख्य फ्रन्टलाइनबाट करिब २ सय ५० किलोमिटर दक्षिणपश्चिममा पर्ने तटीय क्षेत्रमा शनिबार तेस्रो दिन झडप सुरू भएको हो । ट्रम्पले द्वन्द्व नरोकिएसम्म कुनै पनि देशसँग व्यापार सम्झौतामा अघि नबढ्ने संकेत दिनुभएको छ ।