इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पको स्वीकृति

असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पको स्वीकृति

एजेन्सी । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गर्नुभएको छ । तर आक्रमण गर्ने विषयमा अन्तिम निर्णय भने लिइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले इरानका भूमिगत आणविक संरचनाहरूलाई निशाना बनाउने बंकर-बस्टिङ बमसमेत प्रयोग गर्न सकिने सैन्य योजनाबारे समीक्षा गरिरहनु भएको जनाइएको छ । ट्रम्पले आक्रमण योजनाको समीक्षा गरिसकेको भए पनि, इरान आफ्नो आणविक कार्यक्रमबाट पछि हट्छ कि हट्दैन भनेर कुर्न चाहनु भएको छ ।

यसैबीच, इरान, रूस, चीन, पाकिस्तान र अल्जेरियाको आग्रहमा शुक्रबार संयुक्त राष्ट्र संघको आकस्मिक बैठक बोलाउने निर्णय गरेको छ। हालैको द्वन्द्वका सम्बन्धमा बोलाइएको यो दोस्रो छलफल हो ।

इरान र इजरायलबीचको तनाव बुधबार राति सातौं दिन पनि जारी रहेको छ भने इरानले प्रहार गरेको ड्रोन नष्ट गरेको इजरायली सेनाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.