मध्यपूर्वबाट केही कूटनीतिज्ञ र सैन्य परिवारलाई फिर्ता बोलाउने अमेरिकाको तयारी

जेष्ठ २९, २०८२
मध्यपूर्वबाट केही कूटनीतिज्ञ र सैन्य परिवारलाई फिर्ता बोलाउने अमेरिकाको तयारी

एजेन्सी- संयुक्त राज्य अमेरिकाले इराकसहित मध्यपूर्वका मुलुकबाट केही कूटनीतिज्ञ र सैन्य परिवारलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

इरानसँगको बढ्दो तनावका बीच अमेरिकाले यस्तो तयारी गरेको हो । तर, एक्कासी गरिएको यस्तो निर्णयको खास कारणबारे स्पष्ट जानकारी दिइएको छैन । रक्षा मन्त्रालयका अधिकारीहरुले मध्यपूर्वको बढ्दो तनावलाई सेन्ट्रल कमाण्डले निगरानी गरिरहेको जनाएको छ । पछिल्लो निर्णयका बारेमा राष्ट्रपति डनल्ड ट्रम्पलाई पनि जानकारी भएको ह्वाइट हाउसका एक अधिकारीले बताए । 

संयुक्त राज्य अमेरिकाको प्रमुख तेल उत्पादक क्षेत्रमा सैन्य उपस्थिति रहेको छ, जसका इराक, कुवेत, कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा सैन्य बेस छन् । ती क्षेत्रमा रहेका सैन्य परिवारलाई स्वेच्छिक रुपमा अमेरिका र्फकने अनुमति दिइएको छ ।