अमेरिकी शिक्षा विभाग खारेज गर्ने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर

राज्यहरुलाई शिक्षा सम्बन्धि अधिकार फिर्ता गर्न निर्देशन
चैत्र ८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकी शिक्षा विभाग खारेज गर्ने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिकी शिक्षा विभाग खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । चुनावको बेलामा ट्रम्पले गरेका वाचाहरूमध्ये यो एक थियो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार, ट्रम्पले आफ्नो शिक्षा मन्त्री लिन्डा म्याकमोहनलाई शिक्षा विभाग बन्द गर्न र राज्यहरूलाई शिक्षासँग सम्बन्धित अधिकार फिर्ता गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिनुभएको छ । आदेशमा अमेरिकी नागरिकहरू निर्भर रहेका सेवा, कार्यक्रम र सुविधाहरूको अवरोध नहुने गरी आपूर्ति गरिराख्न भनिएको छ ।

ट्रम्पको यस नयाँ आदेशले राष्ट्रपतिको शक्तिको सीमाको पनि परीक्षण हुनेछ । यसअघि, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) बन्द गर्ने निर्णय गर्नुभएको थियो । १९७८ मा कांग्रेसद्वारा मन्त्रीस्तरीय एजेन्सीको रूपमा स्थापित शिक्षा विभाग स्थापना गरेको थियो ।

ट्रम्पले आदेशमा हस्ताक्षर गरेपनि शिक्षा विभाग तुरुन्तै बन्द हुने छैन । विभागलाई पूर्ण रूपमा खारेज गर्न कंग्रेसको कारबाही आवश्यक पर्नेछ । हालैका साताहरूमा, ट्रम्पले शिक्षा विभागका कर्मचारी कटौती गरिरहनुभएको थियो । 

राष्ट्रपतिको यो आदेशले सबै विद्यार्थीका लागि नतिजा सुधार गर्न अभिभावक, राज्य र समुदायलाई सशक्त बनाउने ह्वाइट हाउसका प्रमुख उप-प्रेस सचिव ह्यारिसन फिल्ड्सले बताउनु भएको छ ।