क्यानडाका पूर्व केन्द्रीय बैंकर मार्क कार्नी लिबरल पार्टीको नेता चयन

फाल्गुन २६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
क्यानडाका पूर्व केन्द्रीय बैंकर मार्क कार्नी लिबरल पार्टीको नेता चयन

काठमाडौै । क्यानडाका पूर्व केन्द्रीय बैंकर मार्क कार्नी क्यानडाको सत्तारुढ दल लिबरल पार्टीको नेता बन्नुभएको छ । ५९ वर्षीय कार्नी अब जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै क्यानडाको नयाँ प्रधानमन्त्री बन्नुहुनेछ ।

एक लाख ५२ हजार पार्टी सदस्यको मतमध्ये ८६ प्रतिशत प्राप्त गर्दै कार्नीले पूर्व अर्थमन्त्री क्रिस्टिना फ्रील्यान्डलाई पराजित गर्नुभएको हो ।

विजयी भएसँगै कार्नीले कसैले आफूहरुको अर्थन्त्रलाई कमजोर बनाउन चाहिरहेको आरोप लगाउनुभयो । उहाँले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पलाई इंगित गर्दै क्यानेडाली नागरिक र व्यवसायलाई आक्रमण गरेको आरोप लगाउनुभयो ।

ट्रुडोले गत जनवरीमा पार्टीको नेताबाट राजनीनामाको घोषणा गर्नुभएको थियो । हालै, अमेरिकाले क्यानडामाथि २५ प्रतिशत आयात कर लगाएको घोषणा गरेको थियो । तर, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एक महिनासम्मका लागि कर छुट दिने आदेशमा हस्ताक्षर गर्नुभएको छ । प्रत्युत्तरमा क्यानडाले अमेरिकामाथि ३० अर्ब क्यानाडियन डलरको प्रतिकारात्मक कर लगाएको छ ।



Enter Kantipur TV HD
Advertisement