काठमाडौं । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक योल रिहा हुनु भएको छ । हिजो सिओल अदालतले पक्राउ पुर्जी खारेज गरेपछि उहाँ उइवाङस्थित हिरासत केन्द्रबाट रिहा हुनु भएको हो ।
अपदस्थ राष्ट्रपति युन रिहा हुँदा हिरासत केन्द्रबाहिर रहेका समर्थकहरूले कोरिया र अमेरिकाको झन्डा फहराउँदै नाराबाजी गरेका थिए । रिहापछि विज्ञप्ति जारी गर्दै युनले आफूलाई गरिएको समर्थन भावी पिँढीप्रति पनि भएको बताउनु भएको छ ।
गत डिसेम्बर ३ मा अप्रत्यासित रूपमा सैन्य कानुन घोषणा गरेपछि संसदले यूनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो भने उहाँलाई अनुसन्धानका जनवरी १५ मा पक्राउ गरिएको थियो । अपदस्थ राष्ट्रपति यूनविरुद्ध आपराधिक एवं महाअभियोगको मुद्दा चलिरहेको छ । संवैधानिक अदालतमा चलिरहेको महाअभियोगको फैसला आगामी साता आउने अनुमान गरिएको छ ।