जाजरकोटमा आगलागीमा परि एक बालकको जलेर मृत्यु

फाल्गुन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा आगलागीमा परि एक बालकको जलेर मृत्यु

जाजरकोट । जाजरकोटमा आगलागीमा परि एक बालकको जलेर मृत्यु भएको छ ।

जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर-८ साँक्ट निवासी जनक बहादुर रोकायाको घरमा गए राति करिब १२ बजे खाने पकाउने चुलोबाट भारमा आगो सल्किएर आगलागी हुँदा रोकयाका छोरा अमर रोकायको मृत्यु भएको हो । आगलागीमा परि रोकाया र उनकी श्रीमती बिजुलि रोकाय समेत घाइते भएका छन् ।

७ जनाको परिवार रहेको उत्त घरमा अरू सबै भागेर ज्यान बचाउन सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेका अनुसार आगलागीबाट ढुङ्गा, माटो र खरले छाएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ता कपडासहित १ लाख २५ हजार नगदसमेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरिक्षक हरिराम डाँगीको कमाण्डमा ७ जनाको टोली खटाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement