काठमाडौं । प्रहरीले ढलमा खसेका एक व्यक्तिको उद्धार गरेको छ । आइतबार बिहान करिब पौने ७ बजे ढलमा खसेका सिन्धुपाल्चोक साँगाचोकगढी-१० का रामशरण ढुंगानालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
प्रहरी वृत्त कालिमाटीका डीएसपी रूपेश खड्काका अनुसार ढुंगाना ढलमा खसेको २० मिनेटजतिमा उद्धार भएको थियो । उद्धारका लागि प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोली समेत परिचालन भएको डीएसपी खड्काले जानकारी दिनुभयो ।
ढुंगानालाई हाल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।