दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति योलविरुद्ध जारी पक्राउ पुर्जी खारेज, जेलमुक्त हुने बाटो खुला

फाल्गुन २३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति योलविरुद्ध जारी पक्राउ पुर्जी खारेज, जेलमुक्त हुने बाटो खुला

काठमाडौं । दक्षिण कोरियाको एक अदालतले अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज गरिदिएको छ । डिसेम्बर ३ मा अप्रत्याशितरूपमा ‘मार्शल ल’ लगाएको घोषणा गरेपछि अनुसन्धानका लागि राष्ट्रपति योल पक्राउ पर्नुभएको थियो ।

अदालतले भने आज पक्राउ पुर्जीलाई खारेज गरदिएसँगै उहाँ जेलमुक्त हुने बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् ।

‘मार्शल ल’ लगाएको भन्दै डिसेम्बर १४ मा संसद्को बहुमतले राष्ट्रपति युनविरुद्ध महाअभियोग प्रस्ताव पारित गरेको थियो । महाअभियोग लगाइएपछि सत्ताबाट निलम्बित युनलाई जनवरी १५ देखि सियोल डिटेन्सन सेन्टरमा राखिएको थियो । अनुसन्धानकर्ताहरूले ‘मार्शल ल’ लगाउने उहाँको प्रयासको अनुसन्धान भने गरिरहेका छन् ।

सोधपुछका क्रममा युनले आफूले कहिल्यै पूर्ण मार्शल ल लागू गर्ने उद्देश्य नराखेको बताउँदै आउनुभएको थियो । विपक्षी डेमोक्रेटिक पार्टीले संसद्‍मा बहुमतको दुरुपयोग गरेकाले त्यसलाई रोक्न केही समयका लागि मार्शल ल लगाउन खोजेको उहाँले तर्क गर्नुभएको थियो ।



Enter Kantipur TV HD
Advertisement