युद्धका कारण ध्वंश गाजा क्षेत्र पुनर्निर्माणका लागि अरब मुलुकले छुट्याए ५३ अर्ब डलर

फाल्गुन २१, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
युद्धका कारण ध्वंश गाजा क्षेत्र पुनर्निर्माणका लागि अरब मुलुकले छुट्याए ५३ अर्ब डलर

काठमाडौं । गाजा पुनर्निर्माणका लागि अरब नेताहरूले ५३ अर्ब अमेरिकी डलर बराबरको बजेटलाई अनुमति दिएका छन् ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको गाजा आफ्नो नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई गाजाबाहिर बासोबास गराउने चेतावनीपछि इजिप्टको राजधानी कायरोमा आयोजित आपतकाल शिखर सम्मेलनमा अरब नेताहरूले गाजा पुनर्निर्माणका लागि अनुमति दिएको बीबीसीले जनाएको छ ।

अरब लिगका महासचिव अहमद अब्दूल घेइटले प्यालेस्टिनीसहित गाजा पुनर्निर्माण गरिने इजप्टिको योजना अब अरबको समेत योजना भएको बताउनुभएको छ । यस्तै प्यालेस्टिनीलाई गाजाबाहिर बासोबास गराउने ट्रम्पको योजनालाई अरब नेताहरूले अस्वीकार समेत गरेका छन् ।

यस्तै इजिप्टको योजनामा गाजा पुनर्निर्माण मात्र नभइ राजनीति र प्यालेस्टिनीलाई आफ्नो अधिकार दिने समेत बताइएको छ । यस्तै इजिप्टको राष्ट्रपति अबदुल फतेह अल–सीसीले गाजा पुनर्निर्माणसहित दुई राज्य नीतिका विषयमा जोड दिइने समेत बताउनुभएको छ ।

जसको विरोध भने इजरायलले निरन्तर गरिरहेको छ । यस्तै गाजाका लागि बनेको नयाँ योजनामा प्यालेस्टिनी सरकारको नेतृत्वमा गाजा व्यवस्थापन कमिटीले गाजा सञ्चालन गरिने बीबीसीले जनाएको छ ।

नयाँ योजनामा हमासको भूमिका स्पष्ट नरहेको बताइएको छ । कतिपय अरब नेताहरुले हमासलाई पूर्ण रुपमा निश्कृय बनाउनुपर्नेमा जोड दिएपनि कतिपयले हमासको जिम्मा प्यालेस्टिनीलाई दिने बताएको छ ।

हमासले भने आफु गाजा सञ्चालन नगर्ने तर, पूर्ण रुपमा निशस्त्रीकण नगर्ने समेत स्पष्ट पारेको बीबीसीले जनाएको छ । गाजा सञ्चालन गर्ने हमासको भूमिकालाई अस्वीकार गर्दै आएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टिनीले सञ्चालन गर्ने विषयलाई पनि अस्वीकार गर्दै आउनुभएको छ ।

यस्तै अरब शिखर सम्मेलनले सुरक्षाका निम्ति अन्तर्राष्ट्रिय शान्ति मिसनमा खटिएका सैनिक तैनाथ गरिने विषयमा एकजुट भएका छन् । यस्तै गाजा पुनर्निर्माणको योजनाका लागि अगामी महिना पनि ठूलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने बताइएको छ ।



Enter Kantipur TV HD
Advertisement