काठमाडौं । अमेरिकामा क्यालिफोर्निया राज्यको लस एन्जलसस्थित जंगलमा मंगलबारदेखि लागेको भीषण डढेलोबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इटन र पालिसेडेसमा भएको डढेलोबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ ।
अमेरिकामा अहिलेसम्म ४५ हजार एकड क्षेत्रफलमा आगलागी भइसकेको छ भने ३० हजार एकड पूर्णरूपमा ध्वस्त भएको छ । साथै, सो आगलागीमा परी करिब १२ हजार घरमा क्षति पुगेको छ । जसअनुसार हलिउडका ठूला सेलेब्रेटीका पनि अर्बौ मूल्यका घरहरू ध्वस्त भएका खबर प्राप्त भइरहेका छन् ।