इजरायललाई ८ बिलियन डलरको हतियार बेच्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको योजना

इजरायलको रक्षाका लागि आवश्यक सहयोग जारी राख्ने घोषणा
पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायललाई ८ बिलियन डलरको हतियार बेच्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको योजना

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले जाँदाजाँदै इजरायललाई ८ बिलियन डलरको हतियार बेच्ने योजना बनाउनुभएको छ ।

अमेरिकी विदेश विभागले इजरायललाई ८ अर्ब डलर बराबरका हतियार बेच्ने योजनाबारे कंग्रेस समेतलाई सूचना दिइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हतियारहरुको खेप पठाउनका लागि सदन अर्थात् सिनेटबाट अनुमोदन गरिनुपर्ने व्यवस्था छ ।

त्यसरी इजरायललाई बेच्न लागेका हतियारमा नयाँ प्रविधिको शिपमेन्टमा हवाई हमला गर्ने क्षेप्यास्त्र, हेलफायर क्षेप्यास्त्र र तोपखानाका गोला तथा अन्य युद्ध सामग्रीहरु छन् । गाजामा युद्धका दौरान मारिएका नागरिकहरुका कारण वाशिंटनले इजरायलका लागि सैन्य समर्थन निलम्बित गर्ने माग समेतलाई खारेज गरिदिएको छ ।

गएको अगस्तमा मात्रै अमेरिकाले इजरायललाई २० अर्ब डलरको लडाकु विमान र अन्य सैन्य उपकरण बेच्ने अनुमति दिएको थियो । अमेरिकी राष्ट्रपति बाइडेनले आफूहरु इजरायलको रक्षाका लागि आवश्यक सहयोग जारी राख्ने बताउनुभएको छ । अमेरिका नै हालसम्म इजरायलका लागि सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युटका अनुसार २०१९ र २०२३ का बीच इजरायलको प्रमुख पारम्परिक हतियारको आयातमा अमेरिकाको हिस्सा ६९ प्रतिशत थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement