काठमाडौं । उत्तरपूर्वी स्पेनको जरागोजा नजिकैको एक केयर होममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान स्पेनको भिलाफ्रान्का डे एब्रो शहरको एक केयर होममा आगलागी भएको आपतकालीन सेवा विभागका कर्मचारीले जनाएका छन् । उक्त केयर होममा ८२ जना बस्दै आएका थिए। स्थानीय सञ्चारमाध्यमका उक्त केयर होम सेवानिवृत्त व्यक्तिहरूका लागि १६ वर्षअघि खोलिएको थियो।
तर पछि यो डिमेन्सिया र मानसिक रोगबाट पीडित व्यक्तिहरूका लागि हेरचाह गृहको रूपमा विकसित गरिएको थियो । मृत्यु हुनेको उमेर अझै खुल्न सकेको छैन । भिलाफ्रान्का डे एब्रोका मेयरले घाइते दुई जनालाई अस्पताल लगिएकोमा एकको अवस्था गम्भीर रहेको बताउनुभएको छ ।