अमेरिकी राष्ट्रपति चुनाव : केहि राज्यको मतगणना सुरु, प्रारम्भीक मत परिणाममा ट्रम्प अघि

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी राष्ट्रपति चुनाव : केहि राज्यको मतगणना सुरु, प्रारम्भीक मत परिणाममा ट्रम्प अघि

काठमाडौं । विश्वको महाशक्ति मुलुक अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि हिजो रातिदेखि सुरु भएको मतदान केहि राज्यमा जारी छ भने स्वीङ स्टेट जर्जिया, नर्थ क्यारोलाइना त्यसैगरी इन्डियाना, केन्टिकी राज्यमा मतदान सम्पन्न भइसकेको छ । 

मतदान जारी रहेका राज्यहरुमा मतदान अन्तिम समयमा पुगेको बीबीसीले जनाएको छ । डेमोक्र्याट र रिपब्लिकन्स् दुबै दलका उम्मेदवारसहित १० अर्ब ५० करोड डलरभन्दा धेरै चुनावी खर्च भएको अमेरिकाको यो निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रर्याट उम्मेदवार कमलाबीच ह्यारिस मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये दुवै उम्मेदवारलाई जित हासिल गर्न २ सय ७० मत आवश्यक पर्छ ।

बीबीसीका अनुसार अहिलेसम्म ट्रम्पले ९० इलेक्ट्रोरल कलेजमा अग्रता लिइरहनु भएको छ । यता, ह्यारिसले २७ इलेक्ट्रोरल कलेजमा अग्रता लिइरहनु भएको छ । ११ इलेक्ट्रारल भोट रहेको इन्डियानामा ट्रम्पले बाजी मार्ने सीएनएनको सर्वेक्षणले देखाएको छ ।

केही राज्यमा मतदान सम्पन्न भइरहँदा एक्जिट पोलको सर्वेक्षण आउन समेत सुरु भइसकेको छ । यस पटकको चुनावमा मतदाताहरुले अमेरिकी लोकतन्त्र र अर्थतन्त्रलाई विशेष प्राथमिकता दिएका छन् । अन्य मुलुकजस्तै अमेरिकामा एक्जिट पोलले निर्वाचनको भविष्यवाणी गर्दैन तर मतदाताको रोजाई कस्तो छ भन्ने विषयलाई झल्काउने गर्दछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement