आजका मुख्य समाचार,
* शीतलहरले तराई मधेशमा जनजीवन कष्टकर / प्रतिकार्य योजना बनाउन चुकेका स्थानीय सरकार कम्बल र दाउराको जोहो गर्दै / संघ र प्रदेशको छैन साथ ।
* भ्रष्टाचारका मुद्दामा जहिले पनि छानबिन गर्न सकिने / हदम्याद हटाएर संसदीय समितिबाट संशोधन विधेयक पारित / अनियमितताका विषयमा नेताहरुबीच घोचपेच ।
* सर्वोच्च अदालतमा मुद्दाको पेशी सरेको सर्यै गर्दा सेवाग्राहीलाई सास्ती / दैनिक पेशीमा चढेका झन्डै आधा मुद्दा हेर्न नभ्याइँदा सुनुवाइको पालो पाउँनै ६ महिना कुर्नुपर्ने ।
* विश्वकै धनी इलोन मस्कको सम्पत्ति एक वर्षमै दोब्बर बढेर ४ सय ३२ अर्ब डलर पुग्यो / ब्लुमबर्गले सार्वजनिक गरेको पाँच सय जनाको सूचीमा अधिकांश अमेरिकी ।
* एन्फा राष्ट्रिय महिला लिगको सुपर लिगमा त्रिभुवन आर्मी क्लबको सुखद सुरुवात / बागमती युवा क्लब २-० गोलले पराजित ।