क्यानडा सरकारले अस्थायी विदेशी कामदारको संख्या घटाउने

स्थायी आप्रवासीको संख्यासमेत २० प्रतिशत कटौती गर्ने घोषणा
सरकारको निर्णय सन् २०२५ देखि लागु हुने
कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्यानडा सरकारले अस्थायी विदेशी कामदारको संख्या घटाउने

काठमाडौं । क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने भएको छ । स्थायी आप्रवासीको संख्या पनि २० प्रतिशत कटौती गर्ने निर्णय क्यानडा सरकारले गरेको हो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जालमार्फत् अस्थायी विदेशी कामदारहरूको संख्या घटाइने जानकारी दिनुभएको हो । क्यानडाको निर्णय भने सन् २०२५ देखि लागु हुने छ । क्यानेडेली कम्पनीहरुमाथि समेत कामदारको विषयमा सरकारले कडा नियमहरु ल्याउन लागेको उहाँले जानकारी दिनुभएको छ ।

अब कम्पनीहरुले क्यानेडेली कामदारहरूलाई प्राथमिकता दिनुपर्ने छ । विदेशी कामदार राख्नुपर्ने भए कम्पनीहरुले नै औचित्य पुष्टि गर्नुपर्ने छ ।

आफ्ना नागरिकहरु आवास र दैनिक उपभोग्य वस्तुको महंगीको मारमा परेको भन्दै क्यानडा सरकारले विदेशी कामदार र स्थायी आप्रवासीको संख्या घटाउने निर्णयमा पुगेको हो ।

यसअघि क्यानेडेली सरकारले आप्रवासीलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा समेत कटौति गर्ने निर्णय गरेको थियो । यसले नेपाल, भारत जस्ता देशबाट पढ्न र काम गर्न जाने विद्यार्थीलाई असर पर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित