भारतको उत्तराखण्ड राज्यमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको उत्तराखण्ड राज्यमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा केदारनाथ धाम यात्रा मार्ग नजिकै अविरल वर्षाले निम्तिएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।

पहिरोमा परी अन्य तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसको उपचार नजिकैको अस्पतालमा भइरहेको बताइएको छ । पहिरोमा अन्य यात्रु पनि पुरिएको हुने सक्ने आशंकाबीच राहत र उद्धार कार्य भने जारी राखिएको छ। यी यात्रुहरू गौरीकुण्डबाट पहिरो प्रभावित क्षेत्र हुँदै सोनप्रयागतर्फ जाँदै गरेको क्रममा घटना हुन पुगेको बताइएको छ ।

अतिरिक्त जिल्ला अधिकारी श्यामसिंह रानाले सोमबार साँझ करिब ७:३० बजे केही यात्रु भग्नावशेषमा पुरिएको सूचना प्राप्त भएपछि प्रहरी, प्रशासन, केन्द्रीय जिल्लाका उद्धार टोलीले संयुक्त उद्धार अभियान चलाएको बताउनुभएको छ । रानाले राती अबेरसम्म उद्धारका क्रममा तीनजनालाई घाइते अवस्थामा निकालिएको थियो भने एकजना बेहोस अवस्थामा भेटिएका थिए, जसलाई चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो ।

हिजो राति खराब मौसम र पहाडबाट निरन्तर भत्किएका ढुङ्गाका कारण उद्धार टोलीलाई काम गर्न कठिनाइ भएको थियो र सो कारणले उद्धार कार्य रोकिनुपरेको रानाको भनाइ छ । त्यस्तै जिल्ला प्रकोप व्यवस्थापन अधिकृत नन्दन सिंह राजवारले आज बिहानदेखि निरन्तर उद्धार कार्य जारी रहेको केही समयपछि उद्धार टोलीले अर्की एक महिला सहित अन्य चार जनालाई अचेत अवस्थामा फेला पारेको थियो । जसलाई चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो ।

यससँगै यस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यात्रुको सुरक्षालाई ध्यानमा राखेर बेलुका साढे ६ बजेदेखि नै गौरीकुण्डबाट सोनप्रयाग तर्फ गएका यात्रुको आवागमन पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement