गाजामा इजरायलले गरेको हवाई आक्रमणमा ३० प्यालेस्टिनी मारिए, एक सयभन्दा बढी घाइते

मृतकमध्ये १५ बालबालिकासहित आठ महिला
श्रावण १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 गाजामा इजरायलले गरेको हवाई आक्रमणमा ३० प्यालेस्टिनी मारिए, एक सयभन्दा बढी घाइते

काठमाडौं । गाजामा रहेको देइर अल बलाह सहरको एक विद्यालय परिसरमा इजरायलले गरेको हवाई आक्रमणमा परि कम्तिमा ३० प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

हमासद्वारा सञ्चालित सरकारी सञ्चार कार्यालयका अनुसार मृतकहरुमध्ये १५ जना बालबालिका र आठ महिला रहेका छन् । इजरायली सेनाले भने सो विद्यालयबाट शैन्य गतिविधि जारी राख्ने विद्रोहीहरुलाई निशाना बनाइएको र आम जनतामाथिको जोखिम घटाउन खोजिएको बताएको छ ।

हमलापछि स्थानीय आफ्ना सामान खोज्न घटनास्थल पुगेका थिए । अक्टोबर ७ को हमासको हमलापछि इजरायलको शैन्य कारबाहीमा हालसम्म ३९ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.