पार्टी र देशलाई एकताबद्ध गर्न आफू राष्ट्रपतिको निर्वाचनबाट पछि हटेको हुँ : अमेरिकी राष्ट्रपति बाइडेन

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टी र देशलाई एकताबद्ध गर्न आफू राष्ट्रपतिको निर्वाचनबाट पछि हटेको हुँ : अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै पार्टी र आफ्नो देशलाई एकताबद्ध गर्न राष्ट्रपतीय दौडबाट पछि हटेको बताउनुभएको छ ।

८१ वर्षीय बाइडेनले अमेरिका परिवर्तन बिन्दुमा रहेको र नयाँ पुस्तामा नयाँ आशा हस्तान्तरण गर्ने समय भएको जनाउनुभएको छ । उहाँले आफ्नो ७८ वर्षीय रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध खराब बहस प्रदर्शन पछिको दबाबपछि आइतबार आफ्नो निर्णयको घोषणा गर्नुभएको थियो ।

बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीको राष्ट्रपतिको उम्मेदवार बन्न अनुमोदन गर्नुभएको छ । यसैबीच, बाइडेनले छोडेपछि ट्रम्पले आफ्नो पहिलो र्‍याली गरे र आफ्ना समर्थकहरूलाई राष्ट्रपतिले निर्वाचनमा हारेको र राजीनामा दिनुभएको बताउनुभयो ।

ट्रम्पले आफ्नो नयाँ डेमोक्र्याटिक प्रतिद्वन्द्वी कमला ह्यारिसलाई अतिउदारवादी ठहर्‍याउँदै अध्यागमनमा बाइडेन प्रशासनको नीतिहरूको लागि जिम्मेवार भएको बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.