इजरायली सेनाको आक्रमणबाट सात प्यालेस्टिनीको मृत्यु

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायली सेनाको आक्रमणबाट सात प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायली सेनाले वेस्ट बैंकको सहर जेनिनमा गरेको आक्रमणमा परी सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । जेनिनको एक भवनमा आतंकवादीहरू भएको खबर प्राप्त भएपछि इजरायली विमानले उक्त भवन लक्षित आक्रमण गर्दा सातको मृत्यु भएको बताइएको छ ।

इजरायली हमलामा मारिएका केही प्यालेस्टिनीका लागि सशस्त्र व्यक्तिहरूले शवयात्रा समेत निकालेको बताइएको छ । इजरायली सेना र प्यालेस्टिनीबीच वेस्ट बैंकमा भएको झडपहरूको श्रृंखलामा हिजोको झडप सबैभन्दा नयाँ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, आज बिहान इजरायली सेनाले मध्ये र उत्तरी गाजामा आक्रमण गर्दा ११ प्यालेस्टिनीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै, इजरायली सेनाले आवासीय भवन र यूएनआरडब्लूएको गोदामलक्षित समेत आक्रमण गरेको छ । उक्त आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ । यूएनआरडब्लूएको गोदामलक्षित इजारायली सेनाले गरेको आक्रमणलाई लिएर यूएनआरडब्लूएले निन्दा गरेको छ ।

आठ महिनादेखि जारी युद्धको अन्त्य गर्न इजरायली खुफिया एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया कतारको दोहाका लागि प्रस्थान गरेको प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ । साथै गाजा युद्ध बिरामका लागि आगामी साता वार्ता हुने र कुनै निष्कर्षमा पुग्ने समेत जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement