बेलायतमा सम्पन्न आमनिर्वाचनको मतगणना जारी

विपक्षी लेबर पार्टीले भारी मतले जित्ने प्रारम्भिक परिणामको संकेत
असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलायतमा सम्पन्न आमनिर्वाचनको मतगणना जारी

काठमाडौं । बेलायतमा हिजो सम्पन्न संसदीय निर्वाचनको मतगणना जारी छ भने एक्जिट पोलहरूले विपक्षी दल-लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरेका छन् ।

प्रारम्भिक मत परिणामले पनि त्यसै तर्फ संकेत गरेका छन् । संसद्का ६५० सीटमध्ये लेबर पार्टीले ४१० सिट जित्ने र सत्तारुढ कन्जरभेटिभ पार्टी  १३१ सिटमा सीमित हुने एक्जिट पोलहरूले प्रक्षेपण गरेका छन् । यो परिणामले कन्जरभेटिभ पार्टी नेतृत्वको सरकारले विगत १४ वर्षदेखि गर्दै आएको शासनको अन्त्य गर्नेछ । 

लेबर पार्टीको भारी बहुमतपछि यसका नेता केइर स्टार्मर देशको नयाँ प्रधानमन्त्री बन्नुहुनेछ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टी १३१ सिटमा सीमित हुनु  इतिहासकै सबैभन्दा नराम्रो नतिजा हुनेछ । यसअघिको संसदीय निर्वाचनमा उहाँको दलले ३४६ सिट जितेको थियो । 

महँगाइ अन्तरपार्टी द्वन्द्व र राजनीतिक अस्थिरताका कारण कन्जरभेटिभ पार्टीले जनताको विश्वास गुमाएको विश्लेषण गरिएको छ । आन्तरिक द्वन्द्वकैब कारण २०१६ देखिको सत्ता स‌ंचालनमा कन्जरभेटिभ पार्टीले  ५ जना प्रधानमन्त्री फेरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.