अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको हस मनी ट्रायल मुद्दामा सजाय निर्धारणको मिति लम्बियो

अब १८ सेप्टेम्बरमा सुनाइने
असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको हस मनी ट्रायल मुद्दामा सजाय निर्धारणको मिति लम्बियो

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको हस मनी ट्रायल मुद्दामा सजाय निर्धारण गर्ने मिति लम्ब्याएको छ । यसअघि ट्रम्पविरुद्धको हस मनी ट्रायल मुद्दामा यही जुलाई ११ मा सजाय सुनाइने तय भएको थियो । तर, सार्वेच्च अदालतको फैसलापछि न्यूयोर्क अदालतका न्यायाधीशले सजायका निर्धारणका लागि १८ सेप्टेम्बरको मिति तोकेका हुन् ।

अदालतले फैसला सुनाएपछि ट्रम्पका कानुनी टोलीले हस–मनी मुद्दामा सजायलाई उल्टाउन माग गरेका थिए । न्यायाधीश जुआन मर्चनले सुनुवाइका क्रममा उक्ता मुद्दामा सजाय आवश्यक छ भने सेप्टेम्बर १८ मा सजाय सुनाइने बताएका हुन् ।

गत मे महिनामा न्यूयोर्क अदालतको एक जुरीले ट्रम्पलाई हस मनी ट्रायलसम्बन्धी मुद्दामा दोषी ठहराएको थियो । अदालतबाट कुनै पनि मुद्दामा दोषी ठहरिने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन् । सोमबार सर्वोच्चले ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा गरेका आधिकारिक कामलाई छुट दिने तर अनधिकृत कामलाई छुट नदिने फैसला सुनाएको थियो । 

जसले ट्रम्पलाई क्यापिटल हिल दंगामा केही हदसम्म छुट प्रदान हुने देखिएको छ । तर, हस मनी ट्रायल ट्रम्पको निजी मामिला रहेका कारण उक्त मुद्दाको फैसलामा सर्वोच्चको निर्णयले कुनै असर नगर्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.