इजरायल-हमास संघर्षविराम भंग भएयता झन्डै २ सय प्यालेस्टिनीको मृत्यु

गाजाका सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने अमेरिकी पहलमा इजरायलको समर्थन
मंसिर १७, २०८०
इजरायल-हमास संघर्षविराम भंग भएयता झन्डै २ सय प्यालेस्टिनीको मृत्यु

तेल अबिब । इजरायलले गाजा क्षेत्रमा सर्वसाधारणलाई सुरक्षित स्थानको पहिचान गर्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरिरहेको दाबी गरेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी अन्तर्राष्ट्रिय संस्थाहरुसँग इजरायलले सहकार्य गरिरहेको बताएका हुन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युद्धमा धेरै प्यालेस्टिनी नागरिक मारिएकामा चिन्ता व्यक्त गरेपछि इजरायली प्रधानमन्त्री नेतन्याहुले सर्वसाधारणमाथि हानि पुर्याउनु इजरायलको चाहना नरहेको बताएका हुन् ।

उनले हमासलाई भने नोक्सानी पुर्याउने लक्ष्य रहेको बताएका छन् । पछिल्ला चौबीस घण्टामा चार सयभन्दा बढी हमासका संरचनाहरु ध्वस्त पारेको दाबी इजरायली सेनाले गरेको छ ।

संघर्षविश्राम भंग भएयता मात्रै कम्तिमा १९३ प्यालेस्टिनीको मृत्यु भइसकेको गाजास्थित स्वास्थ मन्त्रालयले जनाएको छ ।