फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

मंसिर १७, २०८०
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

मनिला । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले शनिबार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

एक अद्यावधिक प्रतिवेदनमा संस्थानले भूकम्प राति स्थानीय समयअनुसार १०:३७ बजे गएको हो । हिनाटुआन सहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागमा महसुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन । भूकम्पपछि सुनामीको सम्भावना रहेको भनिए पनि अहिले त्यो खतरा टरिसकेको फिलिपिन्स सरकारले जनाएको छ ।

संस्थानले दुई सयभन्दा बढी परकम्प गएको जनाएको छ । ५ देखि ६ म्याग्निच्युडको परकम्प गएको बताइएको छ । फिलिपिन्स भूकम्प गइरहने क्षेत्रमा पर्छ।