पाकिस्तानमा पछिल्लो विस्फोटको घटनामा पाँच जनाको मृत्यु

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा पछिल्लो विस्फोटको घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानी सहर हान्गुको एक मस्जिदमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको छ। यससँगै बलुचिस्तान र खैबर पख्तुनख्वामा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।

विस्फोटको घटनामा कयौं घाइते भएका छन् । अझै पनि केही मानिस भग्नावशेषमा पुरिएको आशंका छ। स्थानीयका अनुसार केही घाइतेलाई उपचारका लागि पेशावरस्थित एक अस्पताल लगिएको छ । धेरैको पहिचान हुन बाँकी छ।

बलुचिस्तानको मास्तुङ सहरस्थित मस्जिद नजिकै पैगम्बर मोहम्मदको जयन्ती मनाउन जम्मा हुँदा बम विस्फोट भएको थियो। उक्त विस्फोटमा एक प्रहरीसहित ५९ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । यी दुई घटनाले पाकिस्तानमा आउँदो जनवरीमा हुने निर्वाचनका लागि सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ । शनिबार भएको हमलाको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.